Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालकै पहिलो पार्टी बस सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना गरिएको रियल इकोनोमिक सष्टेनेवल सोसाइटी नेपाल (रेस नेपाल) ले पहिलोपटक पार्टी बस सञ्चालनमा ल्याइएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुरयाउने उद्देश्यले यो बस सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक अशोक शर्माले बताए । गत शुक्रबार औपचारिक रुपमा उदघाटन गरिएको यो बस एक साताभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

बसभित्र छिर्दा नै कुनै बार वा क्लबमा पुगेजस्तो देखिन्छ । बसमा बार, म्यूजिक सिस्टम, छुट्टै स्मोकिङ क्याबिन, डान्स फ्लोर, टेलिभिजन, मोबाइल चार्जिङसहित एयर कन्डिसनरसहित वाईफाईको सुविधा राखिएको छ । ४० सिटको बस भए पनि ३० जनासम्म मात्रै बस्ने गरी सोफाहरु राखिएका छन् ।

हप अन, एयरपोर्ट लैजाने-ल्याउने, निजी इभेन्ट तथा स्पेसल पार्टी दिन सकिने कम्पनीले जनाएको छ । बसभित्र फ्रिज, खाना तातो बनाउने सामग्री भए पनि किचन भने छैन । काठमाडौं उपत्यकामा गरिने दुई घण्टाको शुल्क १ हजार रुपैयाँ पर्नेछ । यो बेलुका ६ देखि ८ वा राति ९ देखि ११ बजेसम्म मात्रै हुने छ ।

यो गाडी विभिन्न निजी कार्यक्रमका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ । ३० जनासम्मका लागि जन्मोत्सव, विवाह पार्टी, कर्पोरेट इभेन्टसहित अन्य आवश्यकताअनुसारको कार्यक्रम गर्न सकिने कम्पनीले जनाएको छ ।***

तपाईको प्रतिक्रिया