Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिका र इरानको अहिले बढेको तनावपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । बीबीसीका अनुसार एशियन बाजारमा कच्चा तेलको मुल्य २.५ प्रतिशतले वृद्धि भएको छ र अब यो ६९.९४ डलर प्रति ब्यारल पुगेको छ ।

यस वृद्धिको कारण मध्य पुर्वबाट तेलको आपूर्ति बन्द हुनसक्ने चिन्ता बढेको छ । यसको कारण सुनको मूल्यमा पनि वृद्धि भएको छ । इरानले मंगलबार रातिदेखि अमेरिकी क्याम्पमा शुरु गरेको रकेट आक्रमणले अन्तराष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिन थालेको छ ।

बजारमा नकारात्मक असर
जापानको निकेई दुई प्रतिशतले तल झरेको छ भने हङकङको हेंगशेंगमा एक प्रतिशतको कमी आएको छ । सुलेमानको मृत्युपछि अमेरिका र इरानको संघर्ष अझै बढ्ने देखिन्छ । हरमुजदेखि दुनियाभरमा हुने तेलको आपूर्ति रोकिन सक्ने सम्भाना बढ्दो छ । सऊदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेल निर्यात यहि बाटो हुदै गर्छ । ईरान पनि प्राय यसै बाटो हुँदै तेल निर्यात गर्छ ।

आक्रमण पछि अमेरिकी एभिएशन रेगुलेटर फेडेरल एभिएशन अथरिटी (एफएए) ले अमेरिकी यात्री रेहेको विमानलाई इराकको हवाई सिमाबाट उडनको लागी प्रतिवन्ध लगाएको छ । सिंगापुर र मेलासियन एयरलाइन्सले पनि आफ्नो सबै हवाइजहाजलाई ईरानी हवाई सिमाबाट नजान निर्देशन दिएको छ ।

भारतमाथि सबै भन्दा धेरै संकट
भारतमा तेल अमेरिका र रूस भन्दा पनि धेरै महँगो छ । भारत सबै जसो तेल मध्य पूर्वको देशहरुबाट निर्यात गर्छ र यसमा इराक सबैभन्दा पहिलो नम्बरमा पर्छ यो बाहेक सऊदी अरब, ओमान र कुवेत पनि छ ।

भारतमा तेलको आपूर्ति बन्द हुने चिन्ता छैन तर तेलको मूल्य वृद्धिले निकै समस्या बढ्न सक्छ । भारतीय अर्थव्यवस्थाको लागि प्रति ब्यारल तीन डलरको मूल्य बढ्नु भनेको निकै ठुलो कुरा मानिएको छ । अमेरिकाले यस कारवाहीको जवाफमा अर्को आक्रमण गर्यो भने यसको प्रतिकुल असर भारतको तेलको मूल्यमा पर्नेछ, जसले नेपालमा समेत तेलको मुल्यमा असर पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया