Deneme Bonusu Veren Siteler
बुधबार, साउन १६, २०८१
Wednesday, July 31, 2024

काठमाडौँ – यदि तपाईं पनि छिट्टो-छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो-छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । भर्खर मात्र भएको एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो-छिट्टो खाना खानाले तपाइर्ंको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पुर्‍याउँछ ।

हिरोसिमा विश्वविद्यालयका शोधकर्ता डा.ताकायुकी यामाजी र उनको समूहले एक हजार सहभागिहरुमा ६ वर्षसम्म अध्ययन गरे । त्यो अध्ययनको प्रमुख उद्देश्य भनेको खाना खाने गति र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्धहरु खोज्नु थियो । मेटाबोलिक सिन्ड्रोम त्यस्ता ६ वटा जोखिम कारकहरुको समायोजन हो, जसले मुटु सम्बन्धी रोग, मधुमेह र मस्तिस्कघात वा हृदयघातको खतरा बढ्छ । ती जोखिमहरुमा उच्च रक्तचाप, रगतमा बोसो समावेश हुनु, रगतमा चिनीको मात्रा उच्च हुनु समावेश छन् ।

विशेषज्ञहरुका अनुसार खाना खानका लागि २० मिनेटको समय छुट्याउनुपर्छ । जसले तपाईंं आफ्नो खाना राम्रोसँग चपाएर खान सक्नुहुन्छ । खाना खानालाई धेरै समयसम्म चपाउनाले तपाईंं कम खाना खानुको साथै २ घण्टापछि केही हल्का खाने बानी पनि नियन्त्रण हुन्छ ।

तपाईको प्रतिक्रिया