मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – टन्सिलको समस्या लिएर ओपिडीमा दिनहुँ कैयौं बालबालिका आउने गर्छन्। टन्सिल सबै उमेर समूहका व्यक्तिलाई हुनसक्ने भए तापनि यसबाट मुख्य प्रभावित हुने भनेको बालबालिका नै हो। सामान्य भाषामा सबैले भन्ने गरेको टन्सिललाई मेडिकल भाषामा ‘टन्सिलाइटिज’ भन्ने गरिन्छ।

मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने ‘टन्सिल’ नामक ग्रन्थीको संक्रमण नै ‘टन्सिलाइटिज’ हो। वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ।

टन्सिलाइटिज नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे तापनि ब्याक्टेरियाबाट हुने टन्सिलाइटिजका तत्कालीन र दीर्घकालीन जटिलता भने एकदमै खतरापूर्ण हुन सक्छन्। एक पटक रोग निको भए पनि बारम्बार बल्झिरहन सक्छ। संक्रमण रगतमा फैलिएर दीर्घकालीन रुपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नीहरु र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ।

तसर्थ, टन्सिलाइटिजलाई हेलचेक्र्याईं नगरी समयमै जाँच गरेर उपचार गर्नु जरुरी छ।  मुख भित्रबाट संक्रमित लेदो वा पिप निकालेर र रगतको जाँच गरी यसको किटाणु पत्ता लगाउन सकिन्छ र दीर्घकालीन असरहरुको अनुमान गर्न सकिन्छ। यसको उपचारका  निम्ति औषधि र शल्यक्रिया दुवैको आवश्यकता पर्नसक्छ।

उपचारका साथ-साथै टन्सिलाइटिज भएको बेला निम्न तरिकाले घाँटी र शरीरलाई थप राहत पुर्यासउन  सकिन्छ-
– प्रशस्त आराम गर्ने /प्रशस्त पानी खाने
– चिया वा कागती पानीमा मह मिसाएर खाने
– मनतातो पानीमा नुन घोलेर दिनमा ४-५ चोटी कुल्ला गर्ने
– आइसक्रिम वा चिसो दही नखाने
– निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो र पिरो नखाने
– धुम्रपानको धुवाँ र अरु धुवाँधुलोबाट टाढा रहने

तपाईको प्रतिक्रिया