Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – हँसिलो मुहार भएको मानिस सबैको प्यारो हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो ।

यस्ता छन् हाँस्नुका फाइदाहरु…

स्वस्थ जीवन – ‘

हाँस्दा शरीरका अंगहरु सक्रिय  हुन्छन् । जसका कारण हाम्रो शरीरमा स्वतः उर्जा आउँछ । खुलेर हाँस्दा रक्त प्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्छ ।

सकारात्मक उर्जा पैदा गर्छ –

जब हामी हास्छौं, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि शरीरमा सकारात्मक उर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा चिन्ता दुर गराउँछ ।

व्यवसायमा सफल –

व्यवसाय गर्ने मानिस प्रायः सँधै सँसिलो देखिन्छ । अरुको मन जित्नका लागि पनि मुस्कुराउनु जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र ब्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेका छन् ।

तनाव कम –

‘हामी हाँस्दा शरीरमा एक किसिमको हर्मोन उत्पादन हुन्छ, जसले तनाव कम गर्छ । त्यसैले दिल खोलेर हाँसौ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो ।

तपाईको प्रतिक्रिया