Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ । राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो ।

पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो । शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला उनको शरीरभरि आगो फैलियो । उनलाई प्यान्क्रीअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो । उक्त घटना डिसेम्बर २२ मा भएको हो ।

शरीर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापछि अस्पतालमा मृत्यु भयो । प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया