शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौँ – प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमै सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने नेता बनेका छन् । आवे सन् २००६ देखि सन् २००७ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । तर, आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै उनले राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रोपटक प्रधानमन्त्री बनेका आवे सन् २०१४ र सन् २०१७ मा पुनः निर्वाचित भएका थिए । लामो समय जापानी प्रधानमन्त्री बनेको सन्दर्भमा आवेले आफ्नो कार्यकालमा जापानी मुद्रास्फीतिलाई अन्त्य गरेको,  समस्याका रूपमा देखिएको जापानको बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्मदरमा सन्तुलन ल्याएको र संविधान संशोधनलगायत विषयमा नीतिगत सुधारका प्रयास गरेको बताए ।

उमेरले पैँसठ्ठी वसन्त पार गरेका आवेले दोस्रो विश्व युद्धपछि सम्बोधन हुन नसकेका कुटनीतिक चुनौतिलाई साम्य पार्न चाहेको पनि बताए ।

 

तपाईको प्रतिक्रिया