Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौ – कुकुरको टोकाइबाट दैनिक ८० जनासम्म बिरामी उपचारमा आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । उक्त घरपालुवा कुकुरको टोकाइबाट बढी बिरामीहरु आउने अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
अस्पतालका चिकित्सकहरु डा. शेरबहादर पुनले अस्पतालमा दैनिक ८० जनाको हाराहारीमा कुकुरको टोकाइबाट रेबिजको भ्याक्सिन लगाउन आउने गरेको बताए ।

‘सरकारले रेबिजको खोप नि.शुल्क वितरण गर्दै आइरहेको छ । कुकुरले टोकेको दिनदेखि एक हप्ताको अन्तरालमा तीनवटा रोबिजविरुद्ध खोप लगाइन्छ’ उनले भने ‘रेबिजविरुद्ध दिइने भ्याक्सिन इन्ट्राडर्मल (छालामा) र इन्ट्रामस्कुलर (मांसपेसीमा) दुवै खोप पाखुरामा मात्र लगाइन्छ ।’

रेबिजको लक्षण शरीरमा देखिएपछि एक दिनदेखि एक हप्तासम्ममा बिरामीको मृत्यृ हुनसक्छ । रेबिजको लक्षण शरीरमा देखा परिसकेपछि यसको उपचार सम्भव नै नरहेको डा. पुनको भनाई छ ।
बाटोमा भुस्याहा कुकुरबाट बचेर हिंड्ने, विशेष गरी कुकुर, बिरालो वा मुसाले टोकेमा नमाड्ने अथवा नकाट्ने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर रेबिजविरुद्ध खोप लगाउने, अल्कोहलले वा पोभिडोन आयोडिन सोलुसनले राम्रोसंग घाउ सफा गर्ने आदि गरेमा बच्न अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकअनुसार अस्पतालमा मात्र तीन हजार १ सय ६३ जनाले रेबिजविरुद्ध खोप लगाएका थिए । सोही तथ्यांक अनुसार कुकुरको टोकाइबाट रेबिज भएर चार महिला र १५ पुरुष गरी १९ जनाले ज्यान गुमाइसकेका थिए । यसरी कुकुरको टोकाइबाट उपचारका लागि आउनेमा पछिल्लो समय अधिकांश बालबालिका छन् । बाहिरी जिल्लाहरूकाभन्दा काठमाडौंबाट कुकुरको टोकाइको भ्याक्सिन लगाउन आउने बढी देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी ५९ हजार मानिसको मृत्यु कुकुरको टोकाइबाट हुने गरेको जनाएको छ । जसले मानिसमा देखिने रेबिज रोग ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेकोसमेत बताएको छ । रेबिज संक्रमित कुकुर, बिरालो, स्याल, चमेरोलगायतका स्तनधारी जनावरले टोक्दा, चिथोर्दा वा काटिएको घाउ भएको छाला चाट्दा घाउको माध्यमबाट शरीरमा भाइरस प्रवेश गर्ने चिकित्सकहरुले बताएका छन् ।***

तपाईको प्रतिक्रिया