Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – हाम्रो आँखाभन्दा माथिको डीलमा रौंको झुप्पा हुन्छ । त्यो झुप्पालाई आँखीभौं भनिन्छ । आँखीभौंले मानिसको अनुहारको स्वरुप बनाउन निकै ठूलो भूमिका खेल्छ । मानिस सुन्दर देखिनु वा नदेखिनुमा आँखीभौंको पनि केही हदसम्म योगदान हुन्छ ।

हाम्रो शरीरका सबै भागहरुमा रौं हुन्छ र शरीरमा रौं हुनुको आफ्नै अर्थ र कामहरु हुन्छन् ।  शरीरको कुनै भागमा बढी रौं हुन्छ त कुनै भागमा कम रौं । आँखीभौं चाहिँ हाम्रो शरीरको बढी रौं हुने भागहरुमध्येको एउटा भाग हो ।

हाम्रो आँखाको डीलमा हुने आँखीभौको मुख्य काम भनेको आँखालाई विभिन्न तरिकाले जोगाउनु हो । यसले हाम्रो आँखाको ओसिलोपनाबाट जोगाउन मद्दत गर्छ । गर्मीमा हिँडेको बेला यसले पसिनालाई आँखामा खस्न दिँदैन । त्यसै गरी पानी परेको बेला पानीलाई पनि हाम्रो आँखामा छिर्न दिँदैन । आँखीभौकै मद्दतले हामी पानी परेको बेला पनि मज्जाले देख्न सक्छौँ । आँखीभौले पानी र पसिना बग्ने दिसालाई परिवर्तन गरिदिन्छ । जसले गर्दा हाम्रो आखाँमा तिनीहरु छिर्न पाउँदैनन् । यसरी पानीमा रहेको हानिकारक वस्तु र पसिनामा रहेको नुनलाई आँखामा पर्नबाट जोगाउँछ । जसले आँखा चिलाउने समस्या पनि आउँदैन ।

 

तपाईको प्रतिक्रिया