Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – एक हप्तामा ७५० मिलीलिटर मदिरा सेवनबाट क्यान्सरको खतरा जति हुन्छ, त्यति नै खतरा एक हप्तामा दश सिगरेट पिउने महिला र पाँच सिगरेट पिउने पुरुषमा हुने गर्छ । बेलायतमा हालै क्यान्सरका लागि मदिरा वा चुराेट कुन बढी हानिकारक हुन्छ भनेर एक अध्ययन गरिएकाे थियाे ।

विशेषज्ञहरु अधिकांश मदिरा पिउने मानिसलाई मदिराको तुलनामा सिगरेट पिउनु धेरै खतरनाक हुन सक्छ, यसले उनीहरुमा क्यान्सर हुने जोखिम बढाउने बताउँछन् ।

विशेषज्ञहरु एक हप्तामा १४ युनिटभन्दा बढी मदिरा नपिउन सल्लाह दिन्छन् । यो बियरको ६ प्वाइन्ट र ६ ग्लास वाइन बराबर हुन्छ ।

बिएमसी पब्लिक हेल्थको लेखमा अनुसन्धानकर्ताले भनेका छन् ‘चुरोट नपिउने एक हजार पुरुष र एक हजार महिला हप्तामा एक बोतल मदिरा पिउँछन् भने उनीहरुमध्ये १० पुरुष र १४ महिलामा क्यान्सर हुने खतरा धेरै हुन्छ ।’

मदिराले महिलामा स्तन र पुरुषमा पेट, कलेजो क्यान्सरको जोखिम बढाउँछ ।

उनि भन्छन् ‘यो अध्ययनले मदिराको तुलनामा चुरोट पिउनु बढी खतरनाक रहेको देखाउँछ । यस्तो जोखिमबाट बच्न चुरोट पिउन छोड्नुबाहेक अरु कुनै विकल्प छैन् ।’

प्रोफेसर ब्रिटन मदिरा सेवन गर्नेहरुले १४ युनिटभन्दा बढी पिउन नहुने बताउँछन् । यो अध्ययनले मानिसको सोचमा परिवर्तन आउने उनी विश्वास गर्छन् ।

तपाईको प्रतिक्रिया