Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६ दशमलव ५ अर्ब डलर (करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयरमा यस वर्ष ४० प्रतिशत वृद्धि भएपछि उनलाई फाइदा भएको हो । अम्बानीसंग रिलायन्सको ४७ प्रतिशतभन्दा बढी शेयर छ ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अम्बानीको अहिलेको सम्पत्ति ६० दशमलव ८ बिलियन डलर (करिब ६९ खर्ब रुपैयाँ) छ । चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलबाबाका संस्थापक अध्यक्ष ज्याक माको सम्पत्तिमा यो वर्ष ११ दशमलव ३ बिलियन डलरको वृद्धि भएको छ । यससँगै उनको सम्पत्ति ४७ बिलियन डलर पुगेको छ । मुकेश अम्बानी गत वर्ष ज्याक मालाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।***

तपाईको प्रतिक्रिया