Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – महानगरीय प्रहरी वृत्त ठिमीले नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २६ वर्षका सुमन खान, बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने वर्ष ४१ को अलि अहमद, सोही स्थान बस्ने वर्ष २१ को रोबेल मिक्दा र वर्ष २१ महमद उल्लाहा रहेका छन् ।

प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक सुमनलाई पहिले पक्राउ गरेको थियो । ततपश्चात अनुसन्धानका लागि उनीसँगै कोठामा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका खानले एक गिफ्ट पसलमा सामान खरिद गरी नक्कली नोट २ हजार दिएर फरार भएका थिए ।

लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको खानको कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको वृत्त प्रमुख कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया