Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धापाखेल, ललितपुरस्थित सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
एसजीसीपी एक गैर-सरकारी तथा गैर-नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालिका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ । एभरेष्ट बैंकले ठूलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र ‘र्सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बालगोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले बैंकका अधिकारीहरु र एसजीसीपीका टोलीहरुको उपस्थितिमा स्कुल भ्यान हस्तान्तरण गरेका छन् ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।***

तपाईको प्रतिक्रिया