Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – व्यावसायिक घरानीया समूह चौधरी ग्रुपले मध्यएसियाली देश काजकस्तानमा वाइवाइको प्लान्ट उद्घाटन गरेको छ।

काजकस्तानका प्रधानमन्त्री अस्कर मामिनले चौधरी ग्रुपले सञ्चालनमा ल्याएको वाइवाइ प्लान्टको बिहीबार उद्घाटन गरेका हुन्।

विदेशमा खोलिएको वाइवाइको यो तेस्रो प्लान्ट हो। प्लान्ट उद्घाटनपछि मामिनले प्लान्टको निरीक्षण समेत गरेका थिए।

चौधरी ग्रुपले बिहीबार काजाक रिपब्लिकको तुर्किस्तानमा चर्चित चाउचाउ वाइवाइको प्लान्त उद्घाटन गरेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विटरमार्फत जानकारी दिए।

सामाजिक सञ्जाल ट्विटमार्फत चौधरीले युरो एसियाली बजारमा यस प्लान्टले सेवा दिने बताए।

तपाईको प्रतिक्रिया