आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशी कुटनीतिक नियोगका राजदूतहरुसँग ‘नेपाल भ्रमण वर्ष २०२०’ बारे छलफल गर्नुभएकाे छ ।

बुधबार मन्त्रालयमा भएको छलफलमा सरकारले थालेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न सबै देशका राजदूतलाई मन्त्री भट्टराईले आग्रह गर्नुभयाे । उहाँले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गर्नुभयाे ।

त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिनुभयाे ।

सरकारले आगामी जनवरी १ मा राजधानी काठमाडौंसहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उदघाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिनुभयाे ।

तपाईको प्रतिक्रिया