आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

सिड्नी – अस्ट्रेलियामा अध्ययनरत एक नेपाली युवकलाई अस्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ । एडिलेडमा बस्दै आएका उनलाई आफ्नी पूर्वप्रेमिकाको अश्लिल फोटो तथा भिडियो उनका परिवारलाई पठाएको आरोपमा पक्राउ गरिएको हो । यो अस्ट्रेलियाको इतिहासकै पहिलो ‘सेक्सटोर्सन’ केस भएको डेलिमेलले जनाएको उल्लेख छ ।

२५ वर्षका यी युवालाई उनको निवासबाटै अघिल्लो बुधबार पक्राउ गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ । बिहीबार उनलाई एडिलेड मनिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । कानुनी कारणले उनको पहिचान खुलाइएको छैन । सरकारी वकिलले उनलाई कुनै प्रकारको जमानत दिन नहुने दावी गरेका थिए र अदालतले उनलाई पुलिस हिरासतमै राख्न आदेश दिएको छ । उनको अर्को सुनुवाइ अर्को महिना हुनेछ ।

पुलिसका अनुसार ती तस्वीर र भिडियो दुवैको सहमतिमै खिचिएका थिए तर पछि सम्बन्ध बिग्रिएपछि उनले ती तस्वीर र भिडियो महिलाका परिवारलाई पठाउने र सामाजिक संजालमा पोस्ट गर्ने धम्की दिन थालेका थिए ।

पुलिसलाई देशबाहिरकै एक एजेन्सीले घटनाबारे जानकारी दिएपछि पुलिसले यस विषयमा अनुसन्धान सुरु गरी उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार आरोपीको मुख्य उद्देश्य बदला लिनु देखिए पनि पूरै फरेन्सिक जाँच नगरेसम्म केही भन्न नसकिने बताईएको छ । एजेन्सी ***

तपाईको प्रतिक्रिया