शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – १३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध शानदार जित हात पारेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४-० को जित निकालेको हो ।

घरेलु मैदानमा नेपालले भुटानमाथि खेलको सुरुवाती पाँचौ मिनेटमै सुरुवाती अग्रता लिएको थियो । खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले नेपाललाई सुरुवाती अग्रता दिलाउँदा उनले नै खेलको ५० औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ६६औं मिनेटमा अभिशेष रिजालले हेडरमार्फत तेस्रो गोल गर्दा खेलको ७६ औं मिनेटमा डिफेन्डर मिक्चेन तामाङले फ्रि-किकमार्फत् आकर्षक गोल गर्दै नेपाललाई ४ गोलको अग्रता दिलाएका थिए । यस जितसँगै नेपालले ३ अंक बटुलेको छ ।

तपाईको प्रतिक्रिया