काठमाडाैं – सामान्यतयाः हरेक नेपालीको भान्सामा कुनै न कुनै रुपमा तामाको भाँडा प्रयोग भएको पाइन्छ । तर, तामको भाँडामा सबै खानेकुरा राख्न हुँदैन भन्ने कुराचाहीं धेरैलाई थाहा नहुन सक्छ ।
यहाँ हामी केही खानेकुराको नाम उल्लेख गर्दै छौं । जुन कुरा तपाईं भुलेर पनि तामाको भाँडामा नराख्नुस् । यति राख्नुभयो भने तामामा हुने केमिकलको रियाक्सन तपाईंको शरिरका लागि घातक बन्न सक्छ ।
दही : दही पनि तामाको भाँडामा राख्नु हुदैन । दहीमा भएको विशेष तत्व पनि तामासँग मिलेपटि त्यसको असरले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।
दुध : दुधलाई पनि तामाको भाँडामा राख्दै नराख्नुस् । किनकी तामाको भाँडामा राखेको दुधको सेवनले पनि स्वास्थ्यमा असर पु¥याउँछ ।
कागतीको रसः तपाईंले तामाको भाँडामा कागतीको रस राख्नु भयो भने त्यसमो भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । अनि त्यसको सेवन गर्दा एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ ।
अमिलो फल : कुनैपनि अमिले हुने फल छ भने पनि त्यसलाई तामाको भाँडामा नराख्नुस् । किनकी तामाको भाँडामा राखेको अमिलो फलको सेवन बाट स्वास्थ्यमा फुड पोइजनिङको खतरा बढ्ने गर्छ ।