मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका दर्जनौँ कार्यकर्ताले उक्त पार्टी परित्याग गरेका छन् ।

सत्तारुढ समाजवादी परित्याग गर्नेमा प्रसाईंसहित प्रदेश नं १ कमिटी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायतका छन् । पार्टीकोे कार्यदिशा अस्पष्ट भएकाले परित्याग गरेको उनीहरुले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुखमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए ।

तपाईको प्रतिक्रिया