मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – जापानको राजधानी टोकियोमा हुने हुने दोश्रो सूर्य ईन्टरनेशनल अवार्ड २०१९ मा नेपाल भ्रमण वर्षको प्रचार गरिने भएको छ । आयोजकले दिएको जानकारी अनुसार अवार्डमा नेपाल भ्रमण वर्ष २०२० को व्यापक प्रचार गरिने भएको हो ।

नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा हुन लागेका अवार्डमा जापानिजहरुलाई नेपालको कला संस्कृतिबारे जानकारी गराउँदै नेपाल भ्रमणका लागि उत्प्रेरित गरिने सूर्य ईन्टरनेशनल अवार्डका निर्देशक एवं प्रमुख वासुदेव लामिछानेले जानकारी दिए । जापानमा सबैभन्दा बढी कलाकारहरु उपस्थित गराएर हुन लागेको कार्यक्रम ऐतिहासिक हुने आयोजकको भनाई छ । कलाकारहरुलाई नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको छ ।अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तामाङ (हैट), सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशील पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायत ५३ जनाले सहभागिता जनाउने छन् ।

कार्यक्रम टोकियोको नाकानो जिरो हलमा आउँदो आईतबार नोभेम्वर २४ मा साँझ ६ बजेबाट सुरु हुनेछ । कार्यक्रममा डिपेन्डेन भिषाका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाएको उक्त अवार्ड कार्यक्रमका प्रबन्ध निर्देशक शम्भु लामिछानेले बताए । उनले जापानमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह समेत गरेका छन् । अवार्डसँगै दोस्रो दिन क्रुज पार्टी , नेपालको कला संस्कृति एवं नेपालबारे नेपाली र जापनिजबीच बृहत अन्तरक्रिया कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रमहरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया