Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – संसारभरका स्वास्थ्यकर्मीले स्वस्थ्य रहनका लागि हरियो सागपात सिफारिस गर्ने गर्छन । हरियो सागसब्जीले भरपुर मात्रामा भिटामिन र आइरन दिने हुँदा यसो भनिएको हो । यसले हाम्रो शरीरलाई स्वस्थ्य र फुर्तिलो राख्न मद्दत गर्छ ।

तर, हरियो सागसब्जीको पौष्टिकतत्व रातो सागसब्जी र फलफूलबिना अधुरो मानिन्छ । विशेष गरेर जाडोयाममा हामीले रातो सागसब्जी र फलफूल सेवन गर्यौँ भने यसले हामीलाई तन्दुरुस्त राख्न निकै मद्दत गर्ने बताइएको छ । कतिपय खोजले रातो सागसब्जी र फलफूलले छाला तन्दुरुस्त राख्न र गोरोपना ल्याउन मद्दत गर्ने प्रमाणित गरेको छ ।

अहिले चिकित्सक र डाइटिसियनले हरियोजस्तै रातो सागसब्जी र फलफूल खानका लागि सिफारिस गर्न थालेका छन् । खास गरि रातो फलफूल तथा सागसब्जीले जाडो मौषममा शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्ने जानकारहरु बताउँछन् ।

रातो फल र तरकारीमा पाइने एन्टीअक्सिडेन्टस्ले शरीरकालाई रोग तथा थकानबाट बचाउने चिकित्सकहरु बताउँछन् । रातो फलफूल तथा सागसब्जीले शरीरको प्रतिरोधी क्षमता बढाउनमा निकै मद्दत गर्ने प्रमाणित गएको छ ।

मुटुका लागि लाभदायक
चिकित्सकको भनाइ छ कि जुन फल तथा सागसब्जीको रंग गहिरो छ, त्यसमा मिनरल र भिटामिनको मात्रा पनि उत्तिकै धेरै हुन्छ । रातो रंगको साग तथा तरकारीबाहेक रातो रंगको फलमा पनि एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुने उनीहरुको भनाइ छ ।

यसमा लाइकोपिन र एन्थोक्यानिन्सको मात्रा अधिक हुने भएकाले मुटुसम्बन्धी रोगसँग लड्ने क्षमतामा पनि विकास गर्ने चिकित्सकहरु बताउँछन् ।

महिलाका लागि उपयोगी
कयौं सोध र अनुसन्धानले गाडा रंगको फल र सागसब्जी खानाले बिरामीबाट बच्न मद्दत पुग्छ । यसमा पाइने एन्टिअक्सिडेन्टसका कारण महिलालाई प्रोस्टेट क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानले देखाएको छ ।

के हो रातो सागसब्जी?
जाडो याममा तमामौं रातो रंगका तरकारी, साग र फलफूल पाइन्छन् । चुकंदर, गाजर, टमाटर, अनार र स्याउ यसका लागि उपयुक्त मानिएको छ ।

चुकंदरमा पाइने फाइबर, भिटामिन सी, पोटासियम र नाइट्रेटले शरीरमा रोगसँग लड्ने क्षमतालाई दुईगुना बढाउने बताइएको छ । चुकंदरमा हेमोग्लोबिनको मात्रा पनि अत्याधिक हुन्छ । गाजरमा लाइकोपिन, म्यागनिज, आयरन, क्याल्सियम, पोटासियम, जिंक, फसफोरसजस्ता तत्व पाइन्छ ।

त्यस्तै गोलभेँडामा पनि एन्टिअक्सिडेन्ट्स प्राप्त हुन्छ । एक रिपोर्टका अनुसार रेड वाइन र ग्रिनटीमा भन्दा अनारमा तीन गुना बढी एन्टिअक्सिडेन्ट्स पाइन्छ । त्यस्तै स्याउमा पनि यी तत्वहरु हुने हुँदा जाडोयाममा यी कुरा बढी फाइदाजनक हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया