सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – नेपाली लगायत विदेशीहरुको ब्यवसायिक हव मानिने शिन ओकुबोमा यही आउँदो १६ तारिख शनिबार शिनओकुबो इन्टर्नेशनल हान्मादाङ फेस्टिवल हुने भएको छ ।

कोरियन ब्यवसायिक कम्युनिटी र शिनओकुबो श्योतेनगाइको संयुक्त आयोजनामा हुन गईरहेको सो फेस्टिवलमा विशेषगरी कोरियन गतिबिधीहरु बढि हुने बताईएको छ । साथमा भियतनाम, जापान, नेपाल लगायतका देशका प्रतिनिधित्व गर्ने खानापिनाका स्टल, भेषभूषा प्रदर्शनी तथा साँस्कृतिक प्रस्तुती रहने बताईएको छ ।

फेस्टिवलमा सहभागी अवलोकनकर्ताहरुलाई जनही १ हजारको कुपन वितरण गरिने र सोही कुपन प्रयोग गरेर फेस्टिवलमा उपलब्ध उपभोग्य वस्तु खरिद गर्न सकिने बताईएको छ । कुपन लिएका हरेकलाई १, १ किलो किमोची (कोरियन अचार) निःशुल्क बितरण गरिने कार्यक्रम छ ।

पुरानो दोन्की होउतेइ नजिकै रहेको निशी ओकुबो कोयन (पार्क) मा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने सो फेस्टिवलमा सहभागिताका लागि विभिन्न मुलुकका नागरिकहरुलाई आयोजकले अपिल गरेका छन् ।

नेपाली व्यवसायी संघ जापानको तर्फबाट प्रतिनिधित्व गर्दै संघका सदस्य गणेशजंग रायमाझीले संयोजन गरेका छन् भने नेपाली प्रतिनिधिमुलक खाना तथा पेय पदार्थको स्टल अमरदीप रेष्टुरेन्टले राख्ने भएको छ ।***

तपाईको प्रतिक्रिया