Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो ।

अहिले रायो साग पाइने मौसम हो । जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ ।

के के फाइदा हुन्छ ?

  • रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न याे अत्यन्त उपयोगी हुन्छ ।
  • यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।
  • रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ ।
  • जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ । रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ ।
  • रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ ।
  • रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ । रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ ।
तपाईको प्रतिक्रिया