Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरिएका मदिरा बिक्रीका लागि सूचना निकालेको छ । कार्यालयकाअनुसार झिटी गुण्टा भारी ऐन विपरित ल्याइएका मदिरा जफत गरिएको हो ।

ऐनअनुसार विदेशबाट फर्किने नेपालीले १ लिटरको परिमाणमा १ बोतलसम्म मदिरा ल्याउन पाउने व्यवस्था छ । योभन्दा बढी परिमाणमा ल्याइएका मदिरा जफत गरी लिलामी बिक्रीका लागि आह्वान गरिएको भन्सार कार्यालयका सूचना अधिकारी चुँडाराज सापकोटाले बताए । उनकाअनुसार ०७६ असार मसान्तभन्दा अघि जफत गरिएका मदिरा बिक्रीका लागि राखिएको छ ।

अन्तशुल्कमा दर्ता भएका र नवीकरण गरिएका कम्पनी, फर्म वा व्यक्तिले मदिरा किन्न पाउँनेछन् । सूचना निकालिएको १५ दिनभित्रमा मदिरा खरिद गर्नुपर्ने भन्सार कार्यालयले जानकारी दिएको छ । ६ हजार ७ सय १८ वटा बोतल मदिरा बिक्रीका लागि राखिएको छ । तोकिएको न्यूनतम मूल्यअनुसार सो परिमाणको मदिरा बिक्रीबाट कम्तीमा १ करोड ३१ लाखभन्दा बढी रूपैयाँ राजश्व उठ्नेछ ।

सो मूल्यमा अन्तशुल्क, मूल्य अभिवृद्धि कर र अन्य कुनै किसिमको महशुल समाबेश नगरिएको भन्सार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया