Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – नेपालको जलविद्युतमा हालसम्मकै ठूलो वैदेशिक लगानी सम्झौता भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब वैदेशिक लगानीको सम्झौता भएको हो ।

कोरियाली लगानीमा रहेको नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवर्द्धक रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले लगानी गर्ने सम्झौता गरेका छन् । आयोजनामा विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसियाली विकास बैंकले ६ करोड, एसियाली पूर्वाधार विकास बैंकले ३ करोड ९६ लाख, कोरियाली एक्जिम बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख अमेरिकी डलर लगानी गर्ने भएका छन् ।

त्यस्तै आयोजनामा हालै मात्र वर्ल्डलिंकमा लगानी गरेको बेलायतको सिडिसी ग्रुपले २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलप फाइनान्सियल इन्स्टिच्युटले १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्डले १ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएका छन् ।

७० अर्ब बढी लागतमा बन्ने आयोजनामा ७० प्रतिशत वैदेशिक ऋण हुने छ । यो हालसम्मकै ठूलो वैदेशिक लगानी सम्झौता हो । अरुण तेस्रोको अनुमानित लागत धेरै भए पनि वित्तीय व्यवस्थापन सम्झौता भएको छैन ।

तपाईको प्रतिक्रिया