Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापान नेपाली एकता समाज टोकियोको पहलमा जनगायक जीवन शर्माका छोरा अंमृत आचार्यको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । समाजले फेसवुक म्यासेन्जरमा एउटा ग्रुप सञ्चालन गरी संसारभरी रहेका नेपालीहरुलाई सहयोगका लागि आग्रह गर्दै सहयोग संकलन अभियानको नेतृत्व गरेको थियो ।

अभियानबाट २ लाख ५८ हजार ३ सय ४४ रुपैया ८८ पैसा अर्थात जापानी येन २५ मान ५७७ संकलन भएको थियो । उक्त सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत नेपाल पठाइसकिएको जापान नेपाली एकता समाज टोकियोले जनाएको छ । साथै समाजले अमृत आचार्य लागि सहयोग अभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गरेको छ ।

जनगायक जीवन शर्माका माईला छोराको दशैंको अघिल्लो दिन मासु खाँदा घाँटीमा अड्कीएको सानो हड्डीले अन्ननली छेडेर इन्फेक्सन बनाएपछि अप्रेसनगरी अन्ननली काट्नु परेको थियो । अब ६ हप्तापछि काटीएको अन्ननलीलाई आमासयसंग जोड्न ठूलो अप्रेसन गर्नुपर्ने भएकोले उनलाई ठूलोधनराशीको आवश्यक परेको छ ।

तपाईको प्रतिक्रिया