Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) बंगलादेशका कप्तान तथा विश्व नम्बर एक अलराउन्डर सकिब अल हसनलाई दुई वर्षे प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध क्रिकेटको सबै फर्म्याटमा लागु हुने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यद्यपि, यसमा एकवर्षको सजाय निलम्बनमा राखिएको छ । आइसीसीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार साकिबले आइसिसी भ्रष्टाचार विरोधीसंहिताको उल्लंघन गरेको तीन आरोप स्वीकार गरेको उल्लेख छ । जसका कारण उनीमाथि यो प्रतिबन्ध लगाइएको हो । सकिबसँग सट्टेबाजहरुले म्याच फिक्सिङका लागि सम्पर्क गरेका थिए । तर, यसको जानकारी सकिबले आइसिसीलाई दिएका थिएनन् ।

प्रतिबन्धपछि सकिबले एक विज्ञप्ति जारी गर्दै भने, ‘मलाई यो कुराप्रति एकदम दुःख लागेको छ, जुन खेललाई म अत्याधिक माया गर्छु त्यही खेलमा प्रतिबन्ध लगाइएको छ, तर मलाई प्राप्त प्रस्ताबको जानकारी नदिनुको दोष स्वीकार्दै कारबाही स्वीकार्छु । भ्रष्टाचारविरुद्धको लडाइका लागि आइसिसीको भ्रष्टचारविरोधी निकाय खेलाडीप्रति विश्वस्त छ, तर मैले यो भूमिकामा आफुलाई खरो उतार्न सकिनँ ।’

सकिबले आइसिसी समक्ष सबैकुराहरु प्रस्टसँग भनेको र कारबाहीलाई पनि आफुले स्वीकार्ने निर्णय गरेपछि आइसीले उनीमाथि दुई वर्षको सजाय सुनाए पनि एक वर्ष निलम्बन गरेको छ । त्यसैले आइसीले २९ अक्टोबर २०२० बाट उनको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गर्ने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया