Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – आफ्नो उमेरभन्दा जवान देखिन कसलाई पो मन हुँदैन र ? तर आजकलका अधिकाशं मानिस उमेरभन्दा बूढो देखिने गर्दछन् । यसको मुख्य कारण भनेको स्वास्थ्यको हेरचाह नहुनु र जंक तथा फास्टफुड लगायतका हानिकारक वस्तुको सेवन र शारीरिक ब्यायामको अभाव नै हो ।

यस्तो बानीले मानिस उमेरभन्दा छिट्टै बूढो देखिन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला चाउरी पर्छ तथा आँखा मुनि कालो हुँदै जान्छ । डिप्रेसनमा रहेका ब्यक्ति, धेरै नुनको सेवन गर्ने र नशाका रोगीहरुमा छिट्टै बुढ्यौलिपना आउँछ । तर आजकल अधिकाशं युवामा यी लक्षणहरु उमेर नपुग्दै देखिन थालेको छ । यदि तपाईं जवान देखिन चाहनुहुन्छ भने तलका टिप्सको पालना गर्नुहोस्, यसले तपाईलाई जवान राख्न केही हदसम्म मद्दत गर्छ :-

१. धेरै पानी पिउनु हुँदैन
धेरै पानी पिउने बानी छ भने यसलाई सुधार गर्नुहोस् । धेरै पानी पिउँदा मृर्गौलामा अत्याधिक दवाब पर्न गई पछि गएर काम गर्ने क्षमता गुम्दै जान्छ । यसले पनि बुढ्यौली निम्त्याउँछ ।

२. अबेर रातिसम्म जागा नबस्नुहोस्
मोबाइल चलाउने बानीले आजकलका धेरै मानिस अबेर रातिसम्म सुत्दैनन् । तर राति ढिलो गरी सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । जसले मानिसलाई छिटो बूढो देखाउने गर्दछ ।

३. मसलायुक्त खाना नखानुहोस्
शरीरले धेरै मसलायुक्त खाना पचाउँन सक्दैन । अझ कम चपाएर खाइएको खाना पचाउन शरीरलाई निकै बल पर्छ । यस्तोमा मानिसको आन्द्रामा भार पर्न गई शरीरको ऊर्जा सकिन्छ र छिट्टै बुढ्यौली आउँछ ।

४. शारीरिक ब्यायाम गर्नुहोस्
आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउँदैनन् । शारीरिक ब्यायाम समेत हुँदैन । यस्तोमा शरीरका कोशिकामा परिवर्तन आउँछ र बुढ्यौलीपना बढ्दै जान्छ ।

५. समयमा दिशापिसाब गर्नुहोस्
कामको ब्यस्तता वा अन्य कारणले मानिसहरु धेरै बेर दिशापिसाब रोकेर बस्छन् । यसो गर्दा मृर्गौला र आन्द्रामा दवाब पर्न गई गम्भीर रोगमा परिणत हुन्छ । र बिस्तारै बुढ्यौलीपना देखिन्छ ।

तपाईको प्रतिक्रिया