Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले विपुल चोकनजिकै रहेको रोशन दवाडीको घरको दोस्रो तलामा कोठा भाडामा लिई नक्कली नोटको कारोबार गरेको खुलेको हो ।

उनीहरुले नक्कली नोटको कारोबार गर्न भाडा लिएको घर नेपाल प्रहरीका पूर्व इन्स्पेक्टरको भएको खुलेको छ । करिब ७ महिना अगाडि उनीहरुले घर भाडामा लिएका थिए । भाडामा लिएपछि उनीहरुले नोट छाप्न प्रयोग गरिने सामाग्री खरिद गरेर ल्याएके र नक्कली नोट छाप्ने काम शुरु गरेको देखिएको छ ।

‘दशैं अगाडिदेखि नै नक्कली नोटको धन्दा गरेको पाइयो । बजारमा उनीहरुले केही रुपैयाँ लगिसकेको खुलेको छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले भने । प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको हो । कोठा भाडामा लिएर बसे पनि उनीहरुको गतिविधि शंकास्पद भएपछि घरधनीले प्रहरीलाई सूचना दिएका थिए ।

नेपाल प्रहरीको विषेश व्युरो र महानगरीय प्रहरी वृत्तले गोप्यरुपमा अप्रेसन गरेको थियो । उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिब २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ । प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याइसकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया