Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व वैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो संतोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो ।

विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । उक्त प्रक्षेपणअनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल छ ।

विश्व बैंकका अनुसार त्यसपछिका वर्षहरुमा भने आर्थिक वृद्धिदर केही घट्नेछ । नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ ।

तपाईको प्रतिक्रिया