सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।

शक्तिशाली आँधीका कारण जापानमा बसोबास गर्नेहरु प्रभावित छन् । सन् १९५८ यताकै सबैभन्दा ठूलो भनिएको हगिबीस आँधीबाट राजधानी टोकियोसहित नागानो , यामानासी, गुन्मा, सिजोओका, साइतामा, खानागावा लगायतका क्षेत्र प्रभावित भएका छन् ।

जापानमा करिब ९० हजार नेपाली रहेका छन् ।

 

तपाईको प्रतिक्रिया