सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – यस वर्षको सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘हागीबिस’को त्रासका कारण जापानको राजधानी टोकियो र आसपासका क्षेत्रको जनजीवन ठप्प भएको छ । मध्य जापानको समुद्रीतट नजिक प्रवेश गरेको सुपर-टाइफुन ‘हागीबिस’ बिनास निम्त्याउन थालेको हो । प्रशान्त महासागर क्षेत्रमा आउने समुन्द्री आँधीलाई टाइफुन भनिन्छ र अत्यन्त शक्तिशाली टाइफुनलाई सुपर-टाइफुन भनिन्छ ।टोकियो हुँदै पूर्वी जापानको प्रशान्त तटमा अवतरण गर्ने अपेक्षा गरिएको सुपर-टाइफुनको त्रासका कारण टोकियो र आसपासका क्षेत्रमा सुपरमार्केटदेखि हवाइ र रेल सेवा ठप्प पारिएको छ । राजधानी टोकियाबाट नागोया चल्ने बुलेट ट्रेनको सेवा बन्द गरिएको छ भने नागोयाबाट शिन ओसाका तथा शिन ओसाकाबाट ओकायामा चल्ने रेल सेवा पनि बन्द छन् । यस्तै निप्पन एयरवेज हनेडा र नरिता एयरपोर्टबाट हुने आन्तरिक र वाह्य उडानहरू रद्द गरेको छ भने जापान एयरलाइन्सले पनि आफ्ना सबै आन्तरिक उडान रद्द गरेको छ ।जापानको मौसम विभागले सुपर-टाइफुन ‘हागीबिस’का कारण हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै आपतकालिन चेतावनी जारी गरेको छ । मौसम विभागका अनुसार यो चेतावनी टोकियो र छ अन्य प्रान्तहरू :- गुन्मा, सैतामा, कानागावा, यामानशी, नागानो र शिजुओकामा लागू हुन्छ । यस क्षेत्रका नागरिकलाई सतर्क रहन पनि आग्रह गरिएको छ । टाइफुनका कारण चिबा क्षेत्रमा २७ हजार र कान्तो क्षेत्रका करिब ७ हजार घरमा विद्युत आपूर्ती बन्द भएको छ ।टोकियोतर्फ अघि बढिरहेको ताइफुनले बिहिबारबाट ओगासावारा द्धिपमा भारी वर्षासहितको हावाहुरीले वितण्डा मच्चाउन सुरु गरेको जापानी समाचार संस्गा एनएचके टेलिभिजनले जनाएको छ । जापानको राष्ट्रिय पर्यटन संगठनले सूचना जारी गर्दै शुक्रबार रातीबाट आइतबारसम्म जापान भ्रमणमा रहेका पर्यटकलाई सजकता अपनाउन आग्रह गरेको छ । जापानमा यस अघि अघिल्लो महिनै नै फाक्सिाया नामको टाइफुन आएको थियो । त्यसमा परेर तीन जनाको मृत्यु भएको थियो भने ७ अर्ब डलर धनमालको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया