Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – तपाईंले कहिल्यै भुतको चलचित्र हेर्नुभएको छ ? यी चलचित्र हेर्दा कत्तीको डराउनुभएको छ ?

यदी तपाईंले रातमा एक्लै भुतको चलचित्र हेर्नुहुन्छ भने तपाईंको एक चिन्ता घट्नेछ । सुन्दा अचम्म लाग्न सक्छ, मोटोपन अथवा ताैल घटाउनका लागि भुतको चलचित्र हेर्नु उपयुक्त सावित भएको छ ।

वेस्टमिन्स्टर यूनिभर्सिटीले गरेको एक अध्ययन अनुसार, प्रत्येक दिन भुतको चलचित्र हेर्ने मानिसको क्यालोरी कम हुन्छ । जसले तपाईंको तौल घटाउन मदत गर्छ ।

अध्ययनका अनुसार, ९० मिनेटको भुतको चलचित्रले करिब १ सय १३ क्यालोरी कम गर्न सक्दछ । सामान्य अवस्थामा यो परिमाणको क्यालोरी कम गर्न ३० मिनेट कसरत गर्नुपर्छ ।

अध्ययनका अनुसार, जति धेरै भुतको चलचित्र हेर्‍यो, उती धेरै तपाईंको तौल घट्छ ।

यस अध्ययनका अनुसार, भुतको वा कुनै डराउने चलचित्र हेर्नु मोटोपन घटाउने सहज उपाय हो ।

तपाईको प्रतिक्रिया