Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – साउदी अरबको तेल प्रशोधनकेन्द्रमा दुईवटा ड्रोन हमला भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनायताकै महंगो भएको छ । साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो ।

उसले दैनिक ७० लाख ब्यारेलभन्दा बढी निर्यात गर्दै आएको छ । केही समयपहिले यमनको हुथी विद्रोहीले तेल प्रशोधन केन्द्रमा हमला गरेपछि साउदी अरबले तेल र ग्याँसको उत्पादनमा आधा कटौती गरेको छ । जसले गर्दा विश्वको तेल आपूर्तिमा पाँच प्रतिशत गिरावट आएको छ । व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७१.९५ अमेरिकी डलर पुगेको थियो ।

त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५ प्रतिशतले बढेर प्रतिब्यारल ६३.३४ डलर पुगेको छ । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि तेलको मूल्यमा केही कमी आएको हो । पेट्रोलियम पदार्थको उत्पादन पूर्ववत अवस्थामा फर्किन साउदी अरबलाई लामो समय लाग्न सक्ने अनुमान गरिएको छ । साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको हो ।

तपाईको प्रतिक्रिया