Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – दाँतको सफाइको लागि सधैं ब्रस गरेर मात्रै हुँदैन । ब्रसको प्रकार र त्यसको प्रयोग गर्ने तरिकापनि दाँतको सफाइ र सुरक्षामा धेरै महत्वपूर्ण हुन्छ । सफा चमकदार र स्वस्थ मुस्कानको लागि लागि कस्तो प्रकारको ब्रस प्रयोग गर्ने भन्ने बारेमा थाहा पाइराख्न हामीलाई जरुरी हुन्छ । यी हुन राम्रो टुथ ब्रस छान्ने ५ टिप्स

१.  टुथब्रस किन्ने समयमा ख्याल गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो ब्रस नरम छ कि छैन् । नरम ब्रिसल्स भएको ब्रसले राम्रोसँग सफाइ गर्छ र गिजामा नोक्सान पनि पुर्याउँदैन् । तर, कडा ब्रिसल्स भएको ब्रसले गिजामा नोक्सान पुर्याउँछ ।

२.  सकेसम्म सानो गोलो टाउको भएको ब्रस किन्नुहोस । यसले सजिलै कुना कुनासम्म पुगेर दाँतको सफाइ गर्न सक्छ ।

३. यदी तपाईको गिजा संवेदनशिल छ भने तपाईले सेन्सेटिभ टुथब्रसको प्रयोग गर्नुपर्ने हुन्छ, जुन सजिलै सँग बजारमा पाइन्छ । यसले गिजामा नोक्सान पुर्याउँदैन ।

४. यदी तपाईको दाँतको लहर एकै लाइनमा नभएर टेढो मेढो छ भने तपाईको लागि जिकज्याक ब्रिसल्स भएको ब्रस धेरै नै राम्रो हुन्छ । सामान्य र सपाट ब्रसले यसखालको दाँतको राम्रो सफाइ गर्न सक्दैन ।

५.  सजिलोसँग ब्रस गर्नको लागि तपाईले यस कुरामा ध्यानमा दिनुपर्छ कि ब्रसको ह्यान्डलको लम्बाई कम नहोस । ब्रसको ह्यान्डल छोटो भएमा तपाईलेसजिलोसँग ब्रस गर्न पाउनुहुदैँन ।

यसैगरी ब्रस किन्ने समयमा यसको क्याप पनि किन्नुहोस र ब्रस सुकेपछि त्यसमा सधैं क्याप लगाएर राख्नुहोस ।

तपाईको प्रतिक्रिया