Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – खानपान र रहनसहनका कारण मानिसको शरीर बढि रहेको छ । व्यवस्थित खानपान नहुँदा र शारीरिक अभ्यास नहुँदा यस्ता समस्या दैनिक बढ्दो छ । त्यसमा पनि ग्रामिण भेगमा भन्दा शहरिया जीवन अँगालेका मानिस मोटोपनको शिकार भएका छन् ।

मोटोपनलाई यसरी नियन्त्रण गर्न सकिन्छ:

  • बेलुकाको खाना चाँडै खानुपर्छ ।खाना खानेबित्तिकै सत्नुहुँदैन ।खाना खाएको २ घन्टापछि मात्र सुत्नुपर्छ । खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढाउँछ ।
  • थोरै खाने, दिनमा तीन-चारपल्ट खाने बानी राम्रो हो । सधैँ नियमित रूपले खाना खानुपर्छ ।
  • तौल घटाउन व्यायाम गर्नुपर्छ । बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ ।
  • योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।
  • जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ ।
  • भोक लागेका वेला कम क्यालोरी दिने खानेकुरा गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ ।
  • मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन । यसबाट हाम्रो शरीरमा नराम्रा असर देखापर्छन् । उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन ।
  • नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ ।
  • तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ ।
  • प्रशस्त पानी पिउनुपर्छ ।
तपाईको प्रतिक्रिया