Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालन गर्न अक्षय कोष स्थापना गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कोषको पाँच करोडको कोषको घोषणा गरिएको हो। अक्षय कोष निर्माण गर्नको लागि तीनै तहको सरकारको योगदान रहेको छ। संघीय सरकारले १ करोड ५० लाख, प्रदेश सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख दिएको छ।

काठमाडौं महानगरपालिकाको प्रमुखको अध्यक्षमा कोष सञ्चालन गर्नका लागि समिति बन्ने भएको छ। पर्यटन मन्त्रालयको प्रतिनिधि एकजना, प्रदेश तीन सरकारको प्रतिनिधि एकजना, गुठी संस्थानको प्रतिनिधि एकजना, दरबार हेरचाह अड्डाको प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष र महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने छन्। इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि काठमाडौं महानगरपालिकाबाट निर्धारण भएबमोजिम हुनेछ।

 

तपाईको प्रतिक्रिया