Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – काठमाडौं लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ ।

त्यस्तै ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् । महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो समय प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ । प्रदेश ३ मा साउनदेखि भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्यांक छ ।

यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या एक हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ । यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

तपाईको प्रतिक्रिया