Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमाली क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यमा रहेका विमानस्थलमा सौर्य उर्जाबाट सञ्चालन गर्ने भएको छ। विमानस्थलका लागि आवस्यक उर्जा सोलारबाट उत्पादन गर्न धमाधम जडान गरिरहेको प्राधिकरणले जानकारी दिएको छ।

पर्यटकीय स्थानमा रहेका दुर्गमका लुक्ला,जोमसोम, रारा,सिमिकोट र जुम्ला विमानस्थलमा सौर्य उर्जा जडानको काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक ईन्जिनियर संजिवसिंह कठायतले जानकारी दिए।

यी विमानस्थलमा आवस्यक उर्जाको माग पूरा गर्न सोलार प्यालन जडान गर्न लागिएको उनले जानकारी दिए। ‘एकातिर सौर्य उर्जाले माग पूरा गर्छ, अर्कोतिर तत्ककालका लागि यसबाट अविच्छिन्न उर्जा आपूर्ति हुन्छ’ उनले भने।

विमानस्थलमा भएका सञ्चार,रनवे लाइट समेतका लागि आवस्य उर्जा आपूर्ति सोलारबाट हुने उनको भनाइ छ।

यो काम प्राधिकरण आफ्नै बजेटबाट गरेको भने होइन।

यसका लागि जापान सरकारको सहयोग गरेको छ। जापानी सहयोगन नियोगक(जाइका)ले यी पाँच विमानस्थलमा सोलार राख्न तथा काठमाडौं विमानस्थलको धावनमार्गमा लोकलाइज डिएमई जडान गर्नका लागि १ अर्ब ४० करोड सहयोग उपलब्ध गराएको छ।

जाइकाले नेपालको दुर्गम क्षेत्रका विमानस्थलमा समेत काम गर्न तयार भएको र प्राधिकरणले दुर्गमका अन्य विमानस्थल सुधारमा पनि काम गर्न खोजेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया