Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । त्यस्तै, पेट्रोल प्रतिलिटर एक सय सात रुपैयाँ कायम भएको छ ।

यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया