Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – बाहिरी वातावरण, त्यसमा पनि केही हरियालीयुक्त स्थानमा समय बिताउनाले एकदमै कम समयमा मानिसको खुसी र स्वास्थ्यमा सुधार ल्याउन सक्छ । यसले तनाव कम गर्नुका साथै रक्तचाप र मुटुको गतिलाई सन्तुलनमा राख्न मद्दत गर्दछ भने शारीरिक गतिविधिलाई पनि प्रोत्साहन गर्दछ ।

यसरी हरित ठाउँहरु वास्तवमै मानसिक समस्याहरुसँग सम्बन्धित रहेको यसअघिका अनुसन्धानहरुमा पनि प्रमाणित भइसकेको छ । त्यसैले चिकित्सकहरुले सबै बिरामीलाई यो खोजलाई गम्भीर रुपमा लिन र थोरै समय भएपनि प्राकृतिक वातावारणमा बिताउन सल्लाह दिने गर्दछन् ।

रिसर्चका अनुसार कुनै किसिमको शारीरिक अभ्यास नगरिकनै पार्कमा केबल २० मिनेट बिताउनुले पनि हाम्रो स्वास्थ्य अवस्थामा ठूलो सुधार ल्याउँछ ।

 

तपाईको प्रतिक्रिया