Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – साउनदेखि भदौ २२ गते सम्ममा डेंगु रोगका कारण काठमाडौंमा दुई जनाले ज्यान गुमाएका छन् । देशभर डेंगुको प्रकोप बढ्दै जाँदा काठमाडौंमा पनि संक्रमित बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

साउनदेखि भदौ २२ गतेसम्ममा काठमाडौंमा मात्रै २ सय ५४ जनामा डेंगुको संक्रमण भेटिएको महाशाखाको तथ्यांक छ । डेंगु र भाइरल ज्वरोको प्रकोपका कारण टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेपछि अस्पतालले डेंगु रोगको परीक्षणका लागि छुट्टै कक्ष नै स्थापना गरी बिरामीको परीक्षण र परार्मश सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया