Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – आगामी बिहिबारदेखि दुई लाखभन्दा माथिको भुक्तानी गर्न चेक काट्न नपर्ने भएको छ । २८ वटै वाणिज्य बैंकहरूमा बिहीबारदेखि दुई लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्नु नपर्ने गर्न लागिएको हो ।

वाणिज्य बैंकहरुले अन्तर बैंक कारोबारमा तत्कालै भुक्तानी हुने ‘रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)’ लागू गर्न लागेका छन् । यो लागू भएसँग चेक काट्नु पर्ने छैन । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार आरटीजीएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकहरुले सम्झौता गरेका छन् । राष्ट्र बैंकले गत भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो ।

आरटीजीएस प्रणाली लागू भएसँगै चेकको क्लियरिङ गरिरहनु पर्ने झन्झटबाट बैंक र सेवाग्राहीले मुक्ती पाउने छन् । तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुनेछ । नेपाल राष्ट्र बैंकले १३ वर्ष अघि नै आरटीजीएस प्रणाली लागू गर्ने प्रक्रिया सुरू गरेको थियो । अहिले आएर कार्यान्वयन हुन लागेको हो । अब २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्य रुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया