Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – कैलालीको सीमावर्ती क्षेत्रमा भारतीय गाडीमा नेपाल ल्याउँदै तीन लाख भारतीय र २५ लाख नेपाली रुपैयाँ गरी २९ लाख ८० हजार रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-२ स्थित कैलाली भन्सार नजिकैबाट भारत पलिया खिरि घर भई धनगढी उपमहानगरपालिका-१ बस्ने वर्ष २५ को अतुल बर्मालाई यूपी ३१एके७३७८ नम्बरको गाडीमा ल्याउँदै गरेको सो रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले सो कार रोकी चेक जाँच गर्दा चालकको खुट्टा राख्ने स्थानको तल तीन लाख भारतीय रुपैयाँ र सोही गाडीको आगाडीको भागमा बायाँ ढोकामा रहेका नटबोल्ट खोली भित्र २५ लाख नेपाली रुपैयाँ राखेको भेटिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया