Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – एटिएम ह्याक गरेर डकैती गर्ने चिनियाँ समूह पक्राउ परेपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षा संवेदनशीलतासम्बन्धी ठूलो प्रश्न उब्जेको छ ।

बैंकको प्रणाली नै ह्याक गरेर एटिएममार्फत् पैसा निकाल्ने गरेको घटना सार्वजनिक भएपछि नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसा निकाल्न आग्रह गरेको छ । एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा त्यस्तो कारोबारमा सुरक्षा जोखिम धेरै हुने भएका कारण नेप्सले यस्तो आग्रह गरेको हो ।

नेप्स बैंक तथा वित्तीय संस्थाका लागि इलेक्ट्रोलिक भुक्तानी सेवा दिने साझा प्लेटफर्म हो । हाल नेप्समा १८ वटा वाणिज्य बैंक आबद्ध छन्। डेढ दर्जन बैंकको एटिएम कार्ड सम्बन्धी होस्टिङ र स्वीचिङको सेवा नेप्सले दिइरहेको छ । भदौ १४ गते शनिबार नेप्सका सदस्य बैंकका विभिन्न कार्डबाट र अन्य भिसा नेटवर्क अन्तर्गतका एटिएम मेसिनबाट अनधिकृत रूपमा प्रयोग भई नगद निकालिएको थियो ।

तपाईको प्रतिक्रिया