Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई एटीएमबाट पैसा निकालिए पनि कुनै व्यक्तिगत खाताबाट पैसा चोरी नभएको बताउँदै ढुक्क भएर बस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिबार राति ह्याकरले एटीएमबाट पैसा निकालेको भन्ने समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आतंकित भएका सर्वसाधारणलाई बैंकले कुनै पनि खाताबाट गैह्रकानुनी रुपमा पैसा ननिकालिएको दाबी गरेको छ ।

ह्याकरले एटीएमको पैसा निकाले पनि कुनै पनि व्यक्गित खाताबाट भने पैसा ननिकालेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । नेपालका अधिकांश बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ । सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन् । गएराति महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले दरबारमार्गबाट एटीएम प्रयोग गरेर पैसा निबकाल्दै गरेको अवस्थामा ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका सोही समूहले नै बैंकका सिस्टम ह्याक गरेका हुनसक्न प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

तपाईको प्रतिक्रिया