Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – हामी सोच्छौँ, नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । कतिपय डाक्टरसमेत फलफूलको फ्रेस जुस जतिसक्दो पिउन सल्लाह दिन्छन् । तर, हालैको एक अध्ययनले फलफूलको जुस अधिक पिउनु हानिकारक मात्र होइन, प्राणघातक नै हुनसक्ने देखाएको छ ।

अध्ययनका अनुसार फलफूलको जुस सोडा, कोला या लेमेनेडभन्दा पनि खतरनाक हुन्छ । फलफूलको जुसको अधिक सेवन समयभन्दा पहिले मृत्युको कारक बन्न सक्छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अध्ययनले शतप्रतिशत फलफूलको जुसलाई कोला वा लेमेनेडजस्ता पेय पदार्थसँग तुलना गरेको छ ।

अध्ययनले पहिलोपटक फलफूलको जुस र चिनीयुक्त यी पेय पदार्थबीच कफी समानता पाएको छ, र यी दुवैको सेवनबाट समयभन्दा पहिले मृत्युको खतरा बढ्ने देखाएको छ । यद्यपि, अनुसन्धानकर्ताहरुले यसबारे थप रिसर्च हुनुपर्ने पनि बताएका छन् ।

त्यसैले, विज्ञहरु जुस बनाउनुको साटो फलफूल नै खान सल्लाह दिन्छन् । फलफूलमा फाइबरलगायत पदार्थले न्युट्रिसनको मात्रा सन्तुलित गर्छन् । पाचनलाई व्यवस्थित गर्छन् । तर, जुसमा यी पदार्थ हटाइन्छन्, र चिनीजन्य पदार्थको मात्रा ज्यादा रहन्छ ।

तपाईको प्रतिक्रिया