Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – भूकम्पले भत्किएका विद्यालयका करिब ९ सय कक्षाकोठा पुनर्निर्माण नहुँदा दोलखाका ३५ हजार विद्यार्थी अस्थायी टहरोमै अध्ययन गर्न बाध्य छन्। भारत, चीन, एसियाली विकास बैंक र विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गर्ने भनिएको ९ सयभन्दा बढी कक्षाकोठा ४ वर्षदेखि पुनर्निर्माण हुन सकेको छैन।

वर्षामा विद्यालय परिसरमै हिलो तथा लेउमा चिप्लिएर घाइते हुने र हिउँदमा चिसोका कारण विद्यार्थी बिरामी हुँदा समग्र पढाइमा असर पुगेको शिक्षक तथा अभिभावकको गुनासो छ। कतिपय विद्यालयमा अस्थायी टहरोबाट पानी चुहिने भएपछि सिपोलिनले ढाकेर र घाम लागेका बेला खुला चउरमा राखेर पठनपाठन सञ्चालन गरिरहेको शिक्षक बताउँछन्।

चीन, भारत र एशियाली विकास बैंक (एडीबी) लगायत दाताका आश्वासन र सरकारको गैरजिम्मेवारका कारण जिल्लाका करिब एक सय २३ वटा विद्यालय भवन निर्माण नहुँदा ३५ हजार विद्यार्थीेको पढाइ प्रभावित हुँदासमेत सरोकारवालाले चासो दिएका छैनन्। जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाका सूचना अधिकारी इन्जिनियर राजेन्द्र        श्रेष्ठले भारत र चीन सरकारले ३ सय, एडीबीले २ सय २५ र विद्यालय व्यवस्थापन समितिले ३ सय गरी ८ सय २५ वटा कक्षाकोठा पुनर्निर्माण नै सुरु नभएको बताए।

विदेशी दाताबाट ठूला र राम्रा विद्यालय भवन बनाउने लोभले पनि पुनर्निर्माणमा ढिलाइ भएको अभिभावक बताउँछन्। पुनर्निर्माण सुरु नै नभएका विद्यालयमा जिल्लाको ठूलो, पुरानो, विद्यार्थी संख्या अत्यधिक भएका र गुणस्तरीय पढाइ हुने विद्यालय नै बढी भएको शिक्षा इकाइ कार्यालयको तथ्यांक छ।

 

तपाईको प्रतिक्रिया