Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – हुम्लाको सिमकोटमा विमानस्थबाट  बोकेर परिवार धान्ने धेरै छन् । तीमध्ये सबैजसो महिला छन् ।

आर्थिक अवस्था कमजोर भएका ३३ महिला र तीनजना पुरुषले भारी बोकेर परिवार धान्ने गरिरहेका छन् ।

विमानस्थल नपुगुन्जेल भारी नपाइएला कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहन्छ । मौसम खराब भएर विमान नआएको दिन उनीहरु निराश हुन्छन् रित्तो हात घर फर्किन्छन्। भारी बोक्न नपाए बिहान–बेलुका हातमुख जोर्नै मुस्किल हुन्छ।

जहाजले खाद्य संस्थानको चामल, साल्ट ट्रेडिङको नुन र स्थानीय व्यापारीको सामान ल्याउँछ । उनीहरु यही सामान बजार पुर्‍याएर गुजारा चलाउँछन् ।

 

तपाईको प्रतिक्रिया