Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – हामी सबैका लागि नुन अत्यन्त आवश्यक छ । कहिलेकांही तरकारीमा नुन लागेन भने हामी नुन थपेर खान्छौँ । स्वादका लागि मात्र होइन, नुन स्वास्थ्यका लागि पनि आवश्यक छ । तर, धेरै खायो भने नुनले धेरै बेफाइदा गर्छ ।

त्यसैले निम्न तरिका अपनाएर हामीले खानामा सकेसम्म कम नुन खानुपर्छः

सकेसम्म नुनको मात्रा कम गर्ने ।

कहिलेकांही नुन नलाग्दा पनि त्यसलाई मीठो मानेर नै खाने । खानामा नुन छर्केर खानु चाहिँ स्वास्थ्यका लािग खतरानक मानिन्छ ।

सकेसम्म घरमा नै बनेको खाना खाने । खानामा वा तरकारीमा धनियाँ, खुर्सानी, अदुवालगायतका अन्य मसला पनि प्रयोग गर्ने जसले नुन धेरै चाहिने बानी हटाउन सहयोग गर्छ ।

फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।

शरीरमा नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ, जसलाई ‘वाटर रिटक्सन’ पनि भन्ने गरिन्छ ।

त्यस्तै, बढी नुन खाँदा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्यासमेत हुने गर्छ ।

तपाईको प्रतिक्रिया